नाईहरुको व्यवसायिक विकासमा प्राइम बैंंकको साथ, क्युआर कोड प्रयोग गरे प्रतिकारोबार ५ रुपैंया जम्मा गरिदिने


प्राइम कमर्सियल बैंकले जनसंख्याले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेशाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेशा अँगालेका नेपालका नाईहरुको व्यवसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने भएको छ । यसका लागि बैंकले नाईहरुको छाता संगठन नेपाल नाई टे«ड युनियनसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । २६ फागुन २०७७ मा भएको यस समझदारी पत्रमा युनियनको तर्फबाट केन्द्रिय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका छन् ।

हातमा सीप भएका व्यक्तिहरुलाई स्वावलम्बी बनाई उनीहरुको पेशालाई व्यबसायीकरण गर्ने उद्देश्यले उक्त छाता संगठनका सम्पुर्ण बैंकिङ सेवा एकै ढोकावाट उपलव्ध गराउने लक्ष्य बंैकले राखेको छ । साथै, बंैकले सदस्यहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना बीमा लगायतका सुविधाहरु प्रदान गर्नेछ ।

समझदारी अनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरुको प्राइम बैंकमा संस्थागत, व्यवसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ । व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरुलाई बैंकले पहिलो वर्ष निशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेविट कार्ड, परिवारका २ जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ ।

सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले २ वर्ष भित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको अस्पताल भर्ना बीमा उपलब्ध गराउनेछ ।

डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्यु.आर. कोडको व्यवस्था गर्नेछ र यो प्रणालीबाट कारोबार गरे वापत सम्झौता मितिले पहिलो ३ महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरुप बैंकले प्रति कारोवार ५ रुपैंया थप रकम खातामा जम्मा गरिदिनेछ ।

यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रति ऋणी ५० हजारदेखि २ लाखसम्म सरल प्रक्रियाबाट सामुहिक लगानी गर्नेछ । साथै, आवश्यक्ताको आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ । ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्नेछ ।

दीर्घकालीन लक्ष्य अन्तर्गत चालु आ.व. २०७७र०७८ को अन्तिम चौमाससम्ममा व्यक्तिगत, व्यवसायिक तथा युनियनको संस्थागत गरी कम्तीमा २ हजार सदस्यको बैंक खाता खोल्ने, देशभरका ५ हजार सदस्यहरुमा बैंकिङ तथा बीमा साक्षरता पु¥याउने र कम्तीमा ३०० जना व्यवसायीलाई कोरोना प्रभावित व्यवसाय पुनःउत्थान सहुलियत कर्जा प्रवाह गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।

नाई व्यवसायिक विकास अभियान नामाकरण गरिएको उक्त समझदारीअनुसार युनियनले नाई व्यवसायलाई कानुनी रुपमा सुरक्षित, व्यवसायिक रुपमा व्यवस्थित र मर्यादित बनाउँदै आफ्ना सदस्य र समुदायको बृहत्तर विकासका लागि नाई सहकारी, नाई उद्योग, नाई तालीम केन्द्र, नाई कल्याण कोष लगायतका सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।