नेपाल रि-इन्स्योन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा आवेदन दिएका सबै सर्वसाधारणले निष्काशित शेयर गोलाप्रथा नगरी पाए । हात खाली नभएको उक्त दुबै कम्पनीको शेयरमूल्य बढेर लगानीकर्तालाई उल्लेख्य पूँजीगत लाभ हुन पुगेपछि आईपीओ तर्फको आकर्षण ह्वात्तै बढेको छ । रि इन्स्योन्स कम्पनीमा ८५ हजारसम्म नाफा कमाएका लगानीकर्ताले निफ्राको शेयरबाट ३७ हजारभन्दा धेरै नाफा आर्जन गरे ।
यसबीचमा निष्काशन भएका बीमा कम्पनीहरु रिलायन्स, प्रभु लाइफ, अजोड, सानिमा जनरल र जनरल इन्स्योरेन्सको गोलाप्रथाबाट शेयर पाएका लगानीकर्ताले पनि राम्रै नाफा कमाएका छन् भने चन्द्रागिरी हिल्सको १ हजारको शेयर पाउने लगानकर्ताको सम्पत्ति २६ हजार २५० पुगेको छ ।
परेका आईपीओबाट उच्च नाफा आर्जन भएपछि शेयर बजारको क्रेज शहरमा मात्र होइन गाउँ गाउँमा पुगेको छ । आईपीओका आवेदन ५ लाखबाट १८ लाख नाघेको छ भने सिडिएस एण्ड क्लियरिङ्गबाट निक्षेप सदस्यता लिएका ७७ वटा निक्षेप सदस्यहरुमा डिम्याट खाता खोल्ने ग्राहकको संख्या १५ लाखबाट बढेर ३३ लाख ८३ हजार पुगेको छ ।
आईपीओको उच्च आकर्षण बढ्दा उच्च आवेकदका कारण थोरै आवेदकले गोलाप्रथाबाट मात्र शेयर पाउने अवस्था छ । हाल सञ्चलनमा रहेका २७ मध्ये १२ बैंकमा खाता रहेर शेयर भर्ने आवेदकलाई शेयर भरेवापत तिर्नुपर्ने सि आश्वा शुल्क नलागेपनि १७ बैंकले भने ग्राहकबाट शुल्क लिने गरेका छन् । शुल्क लिने बैंकबाट शेयर भर्दा शेयर नपर्दा समेत लगानीकर्ताले आवेदन वापतको सेवा शुल्क भने बुझाउनुपर्छ ।
यसबाट लामो समय शेयर नपरे आवेदक शुल्क वापत नै शेयर भर्न पुग्ने पैसा काटिने सम्भावाना रहन्छ । हामीले कुन बैंकबाट शेयरमा आवेदन गर्दा शुल्क लाग्दैन र कुन बैंकबाट आवेदन गर्दा कति शुल्क लाग्छ भन्नेबारे जानकारीका लागि यो सामाग्री तयार गरेका छौं ।
पछिल्लो समय ११ वटा वाणिज्य बैंकमा बचत तथा चल्ती खाता रहेका लगानीकर्ताले ती बैंकबाट आईपीओ शेयरमा आवेदन दिँदा सि आश्वा वापत सेवा शुल्क तिर्नुपर्दैन । यी बैंकहरुमा खाता रहेका ग्राहकले बैंकबाट निःशुल्क रुपमा शेयरमा आवेदन दिन सक्नेछन् । तर अन्य १६ वाणिज्य बैंकमा खाता हुने शेयर लगानीकर्ताले भने आईपीओ भरेवापत शुल्क तिर्नुपर्नेछ ।
दुई वा सोभन्दा बढी बैंकमा खाता रहेका लगानीकर्ताले सेवा शुल्क नलाग्ने बैंकबाट सिआरएन नम्बर लिएर शेयर भर्दा हरेक पटक आवेदक वापतको शुल्क तिर्नुपर्दैछ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य र नेपाल बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंक, नबिल बैंक, मेगा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक र सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकहरुले निःशुल्क सेवा पाउनेछन् । गत कार्तिकसम्म प्रतिआवेदन २५ रुपैयाँ लिँदै आएको नेपाल बैंकले पछिल्लो समय आफ्नो सेवा नि:शुल्क बनाएको जनाएको छ ।
S.N | Name of the Commercial Bank | C-ASBA Charge (in RS) |
1 | Standard Chartered Bank | 100 |
2 | Laxmi Bank | 25 |
3 | Nepal SBI Bank | 25 |
4 | Citizen Bank International | 20 |
5 | Everest Bank | 20 |
6 | Kumari Bank | 20 |
7 | NMB Bank | 20 |
8 | Sunrise Bank | 10 |
9 | Agriculture Development Bank | 10 |
10 | Bank of Kathmandu | 10 |
11 | Civil Bank | 10 |
12 | Machhapuchhre Bank | 10 |
13 | Nepal Bangladesh Bank | 10 |
14 | Prabhu Bank | 10 |
15 | Prime Commercial Bank | 10 |
16 | Century Commercial Bank | 0 |
17 | Global IME Bank | 0 |
18 | Himalayan Bank | 0 |
19 | Mega Bank Nepal | 0 |
20 | Nabil Bank | 0 |
21 | Nepal Bank | 0 |
22 | Nepal Credit And Commercial Bank | 0 |
23 | Nepal Investment Bank | 20 |
24 | NIC Asia Bank | 0 |
25 | Sanima Bank | 0 |
26 | Siddhartha Bank | 0 |
27 | Rastriya Banijya Bank | 0 |
तालिकामा उल्लेखित शुल्क बैंकहरुसँगको कुराकानीमा आधारित रहेर तयार पारिएको हो ।
अन्य आठ वाणिज्य बैंक प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल बंगलबादेश बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, कृषि विकास बैंक र सनराइज बैंकमा खाता रहेका लगानीकर्ताले शेयरमा आवेदन दिँदा सि-आश्वा सेवा वापत बैंकलाई प्रतिआवेदन १० रुपैयाँ बुझाउनुपर्नेछ ।
कागजी रुपमा बैंकमा नै गएर कागजी फारम भरेर शेयरमा आवेदन गर्नेले ग्राहकले भने सि आश्वा वापत २५ रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने सनराइज बैंकले जनाएको छ ।
एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, र सिटिजन्स बैंक इन्टरनेशनलमा खाता रहेका ग्राहकले एउटा आईपीओ खुल्दा प्रतिआवेदन २० रुपैयाँ सि-आश्वा तिर्नुपर्ने जनाइएको छ । लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकमा खाता रहेका लगानीकर्ताले प्रतिआवेदन २५ रुपैयाँका दरले सि आश्वा सेवा शुल्क बुझाउनु पर्नेछ ।
विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टड बैंक नेपालले वाणिज्य बैंकहरुमध्ये धेरै अहिले पनि प्रतिआवेदन १०० रुपैयाँ सि-आश्वा वापतको सेवाशुल्क लिने गरेको छ । यो शुल्क आईपीओ भर्ने ग्राहकले शेयर पाउँदा वा नपाउँदा पनि आवेदन गरेवापत शुल्कको रुपमा बुझाउनुपर्छ ।
यसअघि बिहीबार प्रकाशित समाचारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सि आश्वा शुल्क प्रतिआवेदन २० हुनुपर्नेमा निःशुल्क हुन गएकोमा क्षमायाचना सहित सच्चाइएको छ । -संम्पादक
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया