चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्ममा पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले १७ अर्ब ८४ करोड ८८ लाख ७१ हजार १०० रुपैयाँ बराबरको सार्वजनिक निष्काशनको लागि अनुमति दिएको छ ।
विभिन्न २६ कम्पनीले सो बराबरको अनुमति पाएका हुन् । जसमध्ये १२ कम्पनीले साधारण शेयर (आईपीओ) दश कम्पनीले ऋणपत्र र चार कम्पनीलाई सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ ।
यस अवधिमा ११ अर्ब ५८ करोड ८८ लाख ७१ हजार १०० रुपैयाँ बराबरको ११ करोड ५८ लाख ८८ हजार ७२१ कित्ता साधारण शेयर आईपीओ, २ अर्ब ९६ करोड रुपैयाँ बराबरको २ करोड ९६ लाख कित्ता इकाई ऋणपत्र (१ करोड १८ लाख ४० हजार सर्वसाधारणमा) र ३ अर्ब ३० करोड रुपैयाँ बराबरको म्युचुअल फण्डको इकाई बिक्रीका लागि धितोपत्र बोर्डले अनुमति दिएको हो ।
सार्वजनिक निकाष्काशनका लागि बोर्डबाट अनुमति पाएका सबै प्राथमिक निष्काशनहरु (साधारण शेयर, डिबेञ्चर, म्युचुअल फण्ड) बिक्रीमा आइसकेकाले केही समय प्राथमिक बजारमा सार्वजनिक निष्काशन शुन्य हुने देखिएको हो ।
- आईपीओ
चालु आव यता नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निष्काशन अनुमति पाएका सबै कम्पनीले साधारण शेयर जारी गरिसकेका छन् । हालसम्म १५ कम्पनीले ११ करोड ५८ लाख ८८ हजार ७२१ कित्ता शेयर जारी गर्न बोर्डमा अनुमति पाएकोमा सबै निष्काशन आइसकेका हुन् ।
नेपाल धितोपत्र बोर्डले पछिल्लो पटक फागुन ७ गते ६६ लाख कित्ता आईपीओ जारी गर्न अनुमति पाएको ज्योति लाइफले फागुन २१ देखि २६ गतेसम्म शेयर जारी फागुन १३ गते बाँडफाँड समेत गरिसकेको छ । कम्पनीको शेयर फागुन २५ गते बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा २ दिन कारोबारमा आइसकेको छ ।
सोभन्दा अघि माघ २१ गते अनुमति पाएको रुरु हाइड्रोपावर कम्पनीले फागुन ७ देखि २१ गतेसम्म स्थानीयलाई ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गरी चैत ९ गते बाँडफाँड गरिसकेको छ । कम्पनीले उत्तिनै संख्यामा सर्वसाधारणमा चैत २० देखि २४ गतेसम्म बिक्रीमा ल्याएको शेयर भने बैशाख ३ गते शुक्रबार बाँडफाँड हुँदैछ ।
रुरुभन्दा अघि माघ ८ गते शेयर जारी गर्न अनुमति पाएको महिला लघुवित्तले ३० माघदेखि फागुन ५ गतेसम्म ४ लाख कित्ता शेयर जारी गरीसकेको छ । कम्पनीको फागुन १४ गते बाँडफाँड भई धितोपत्र बजारमा चैत ३ गतेदेखि कारोबार भैरहेको छ ।
अर्को कम्पनी ग्रीन लाइफले माघ २ गते नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाएकोमा माघ २३ देखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता शेयर जारी गरी फागुन ७ गते बाँडफाँड भई चैत ३ गतेदेखि नै कारोबार भैरहेको छ ।
स्थानीय र सर्वसाधारणलाई गरी ४३ लाख ५० हजार कित्ता शेयर जारी गर्न अनुमति पाएको सिंगटी हाइड्रोपावकर कम्पनीले पनि स्थानीय बासिन्दाका लागि माघ ४ गते फागुन ३ गतेसम्म शेयर जारी गरी फागुन १९ गते बाँडफाँड गरेको छ । कम्पनीले चैत ६ देखि १० गतेसम्म सर्वसाधारणमा जारी गरेको २९ लाख कित्ता शेयर फागुन २७ गते बाँडफाँड भएको छ । कम्पनीको शेयर सूचीकरण भई कारोबारमा आउन बाँकी छ ।
सिंगटीभन्दा अघि अनुमति पाएका सबै कम्पनीले साधारण शेयर जारी गरिसकेका छन् ।
Name | Issued IPO (kitta) | Issue Date |
Reliance Life Insurance Co. Ltd. | 6,300,000 | Bhadra 4 to 8 |
Samaj Laghubitta Bittiya Sanstha. | 86,000 | Bhadra 4 to 8 |
General Insurance Company Nepal. | 3,000,000 | Ashoj 11 to 14 |
Sanima General Insurance Ltd. | 3,000,000 | Ashoj 21 to 25 |
Chandragiri Hills Limited. | 1,840,910 | Poush 24 To 28 |
Prabhu Life Insurance Limited. | 6,000,000 | Mangsir 29 to Poush 2 |
Nepal Infrastructure Bank. | 80,000,000 | Magh 2 to 6 |
Singati Hydro Energy Ltd. | 4,350,000 | Chaitra 6 to 10 |
Greenlife Hydropower Ltd. | 3,496,400 | Magh 23 to 27 |
Mahila Laghubitta Bittiya Sanstha Ltd. | 400,000 | Magh 30 to Falgun 5 |
Ru Ru Jalabidhyut Pariyoajana Ltd. | 815,411 | Chaitra 20 to24 |
Jyoti Life Insurance Co. Ltd. | 6,600,000 | Falgun 21 to 26 |
Total | 115,888,721 |
- डिबेञ्चर
चालु आव यता नेपाल धितोपत्र बोर्डबाट दश बैंक तथा वित्तीय संस्थाले २ करोड ९६ लाख इकाई ऋणपत्र अनुमति पाएका छन् । जसमध्पे ४० प्रतिशत बराबररको १ करोड १८ लाख ४० हजार सर्वसाधारणमा र ६० प्रतिशत अर्थात १ करोड ७७ लाख ६० हजार इकाई व्यक्तिगत तवरबाट बिक्री सकिएको छ ।
पछिल्लो पटक ग्लोबल आइएमई बैंकले फागुन १६ गते ३० लाख कित्ता इकाई ऋणपत्र बिक्रीका लागि अनुमति पाएको थियो । उक्त ऋणपत्र बैंकले चैत १ देखि १६ गतेसम्म निष्काशन गरी चैत २३ गते बाँडफाँड गरिसकेको छ ।
सोभन्दा अघि ३० लाख कित्ताका लागि निष्काशन अनुमति पाएको एनसीसी बैंकले १३ चैतदेखि १८ चैतसम्म ऋणपत्र जारी गरी चैत २७ गते बाँडफाँड गरेको छ ।
Issued Debenture | Total Issue (unit) | Issue Date |
Siddhartha Bank Ltd. (8.5%, 7 years, SBL Debenture 2084) | 3,000,000 | Ashoj 16 to 20 |
Bank Of Kathmandu Ltd.(8.5%,10 years,BOK Debenture 2086) | 1,600,000 | Maghsir 24 to 29 |
Sanima Bank Ltd.(8.5%,10 years, Sanima Debenture 2086) | 4,000,000 | Posuh 1 to 15 |
Nepal Investment Bank Ltd.(8.5%, 7 years,Nepal Investment Bank Bond 2084) | 4,000,000 | Magh 16 to Falgun 2 |
Manjushree Finance Ltd.(9.5%,8 years, Manjushree Finance Ltd. Debenture 2085) | 500,000 | Magh 18 to 23 |
Prime Commercial Bank Ltd.(8 years, 8.75% Prime Debenture 2085) | 3,500,000 | Falgun 28 to chaitra 13 |
Kamana Sewa Bikas Bank Ltd.(10 years, 9% kamana Sewa Bikas Bank Ltd Debenture,2087) | 1,000,000 | Magh 22 to Falgun 6 |
Agricultural Development Bank Ltd.(4%,7 years, Krisi Rinpatra ) | 6,000,000 | ˉ |
NCC Bank Ltd. (9.5%,10 years, NCC Rinpatra 2086) | 3,000,000 | Chaitra 13 to 18 |
Global IME Bank Ltd.(8.5%,10 years, Global IME Bank Ltd. Debenture 2086/87) | 3,000,000 | Chaitra 1 to 16 |
Total Kitta (unit) | 29,600,000 |
- म्युचुअल फण्ड
म्युचुअल फण्डतर्र्फ चालु आव यता चार वटा फण्ड व्यवस्थापकले ३३ करोड इकाई जारी गर्न अनुमति पाएका थिए । अनुमति पाएका सबै म्युचुअल फण्डको इकाई बिक्रीमा आइसकेको छ ।
पछिल्लो पटक फागुन १६ गते १० करोड इकाई जारी गर्न अनुमति पाएको सनराइज ब्लूचिप फण्डले चैत १ गतेदेखि ८ गतेसम्म फण्डको इकाई बिक्रीमा ल्याएकोमा चैत १३ गते नै बाँडफाँड गरिसकेको छ ।
फागुन ३ गते ८ करोड इकाई जारी गर्न अनुमति पाएको कुमारी इक्वीटी फण्डले फागुन १४ गतेदेखि २५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरी चैत्र ५ गते बाँडफाँड गरिसकेको छ ।
Mutual Fund | Issued Unit | Issue Date |
NIC Asia Dynamic Debt Mutual Fund | 50,000,000 | Mangsir 12 to 16 |
Sanima Large Cap Fund (Close Ended Scheme) | 100,000,000 | Magh 9 to 15 |
Kumari Equity Fund | 80,000,000 | Falgun 14 to 25 |
Sunrise Bluechip Fund | 100,000,000 | Chaitra 1 to 8 |
Total Unit | 330,000,000 |
सोभन्दा अघि इकाई जारी गर्न अनुमति पाएका सानिमा लार्ज क्याप फण्ड र एनआईसी एशिया डेब्ट म्युचुअल फण्डले पनि इकाई जारी गरिसकेका छन् । सानिमा लार्ज क्याप फण्डले १० करोड इकाई र एनआईसी एशिया डेब्ट म्युचुअल फण्डले ५ करोड इकाई बिक्री गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया