नयाँ प्रयोगकर्ताका लागि रियलमीको स्मार्टफोन टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

0
Shares

छोटो समयमाविश्वभर प्रविधिको क्षेत्रमातीव्र बजार विस्तार गरेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँप्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ ।

रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीय अनुभवमा आधारित रहि संयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्र पाउने पहिलो मोबाइलफोन रियलमी सी २१÷२५ बनेको छ ।

रियलमीले टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड मानक निर्धारण

रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथउच्चविश्वसनीयप्रमाणपत्रकालागिकामगरिरहेको छ । रियलमी नै उच्चविश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाणपत्रपाउने विश्वको पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ । यसले गुणस्तर स्टान्डर्ड मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनको पूर्ण परिक्षण गर्दछ ।

टीयुभी रियनल्याण्ड गुणस्तर प्रमाणपत्र

रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्म विस्तृत अध्ययन गरेपश्चात् टीयुभी रियनल्याण्ड उच्च विश्वसनीय स्मार्टफोन प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तर मानकको रुपमा काम गर्ने प्रक्षेपण गरिएको छ ।

टीयुभी रियनल्याण्ड उच्च गुणस्तरीय स्मार्टफोन प्रमाणपत्रले स्मार्टफोनका मुख्य २३ वटा जाँचको प्रक्रिया समेट्छ, जसअन्तर्गत १० परीक्षण दैनिक प्रयोग परिस्थितिहरु जस्तै खस्ने, टिकाउपन र टुटफुट सहित तापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी ७ चरम वातावरणीय परिदृश्यहरुमा आधारित परिक्षण र ६ वटा पुर्जाको विश्वसनीयतामा आधारित परिक्षण हुन्छन् ।

निकट भविष्यमा पूर्ण स्व:चालित स्मार्ट कारखानाको लक्ष्य

उच्च गुणस्तरीय उत्पादनका लागि प्रमुख विशेषता स्थिरता हो । रियलमीले निकट भविष्यमै पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य राखि सोही अनुसार लगानी गरिरहेको छ । यसबाट स्मार्टफोनको जटिल उत्पादन प्रक्रियाको दक्षता र शुद्धतामा सुधार गर्न सकिने विश्वास कम्पनीको छ ।

एउटा उदाहरण स्वरुप एसएमटी उत्पादन लाइनमा स्वचातिल उत्पादन हुने गर्छ, जहाँ उक्त यन्त्रबाट पीसीबी मदर बोर्डमा पुर्जाहरु आफँै जिम्मेदारी पूर्वक जडान गरिन्छ । तत्काल सञ्चालनमा आइरहेको उक्त उद्योगको स्वचालन दर ८७.५ प्र्रतिशतसम्म रहेको छ, जुन कम्पनीको उद्योग स्टान्डर्ड भन्दा उच्च हो ।

वर्तमानमा रियलमीको उक्त स्वचालित स्मार्ट कारखानाले प्रतिवर्ष ६ करोड उपकरणहरुको उत्पादन गर्दै आएको छ ।

उच्च गुणस्तरीय डिजाइन

रियलमी उच्च गुणस्तरीय उत्पादनमा विश्वास गर्दछ, जसकारण हो शुरुवाती दिनदेखि हालसम्म कम्पनीले डिजाइनलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेको छैन । धेरैले विश्वास गरिसकेको कुरा हो कि रियलमी नै ट्रेन्ड सेटिङ डिजाइन निर्माता कम्पनीका रुपमा स्थापित भइसकेको छ, रियलमीले यसका लागि उत्कृष्ट र नयाँ प्रविधिको प्रयोग गर्दै आएको छ ।

रियलमीले एकैसाथ गुणस्तर प्राथमिकताका साथ ट्रेन्डसेटिङ डिजाइन निर्माणलाई जोड दिने गरेको छ । रियलमी कुनै उत्पादनको डिजाइनमा काम गरिरहँदा विशेष प्राथमिकताका साथ काम गर्दछ । रियलमीका हरेक उत्पादन ट्रेन्ड सेटिङ डिजाइनका रुपमा बजारमा पुगुन् र नयाँ प्रविधिका साथ उत्कृष्ट गुणस्तरका रुपमा काम गरिरहेकोमा विश्वस्त पार्दछ ।

गुणस्तर नियन्त्रक टोलीसँग खराब उत्पादन अस्वीकार गर्न सक्ने विशेषाधिकार

कारखानामा स्मार्टफोन डिजाइन गर्ने प्रक्रियाका क्रममा डिजाइन, विकास र परिक्षण सहितका विभिन्न ६ वटा चरण हुन्छन् । उक्त हरेक चरणमा उत्पादनकोे गुणस्तरीयता जाँचका लागि गुणस्तर नियन्त्रक टोलीको उपस्थिति रहने गरेको छ ।

कुनै पनि समयमा यदि गुणस्तर मापदण्डसँग नमिलेमा उक्त टोलीसँग सिधै उत्पादन अस्वीकार गर्ने विशेष अधिकार रहेको हुन्छ । उक्त समूहले अस्वीकार गरेपछि उत्पादन पुनः नयाँ डिजाइन अनुरुप गर्नुपर्ने हुन्छ ।

डिजिटल प्रयोगका लागि गुणस्तरीय डिजाइन

युवा पिँढीको प्रयोग विधि जस्तै यात्रा र कठोर बाह्य खेलकुद लगायतका परिदृश्यलाई प्राथमिकताका साथमध्यनजर गर्दै रियलमीले वातावरणीय अवस्था अन्तरगत थुपै्र कडा परिक्षणहरु गर्ने गरेको छ ।

स्केट बोडिङ र पार्कआवर जस्ता लोकप्रिय बाह्य खेलमा फोन खस्ने दुर्घटना क्रम प्रतिरोध गर्न मोबाइलफोन १.८ मिटरसम्मको उचाइबाट खस्दा विभिन्न साइडबाट सुरक्षाका लागि विशेष आक्रामक जाँचहरु गरिएको छ ।
यात्रा अन्तरगत बाह्य वातावरणीय तापक्रम माइन्स ४० डिग्री सेल्सियस देखि ७५ डिग्री सेल्सियससम्म पनि रियलमीको उत्पादनको क्षमतामा कुनै ह्रास नआई चलिरहन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।