सगरमाथा इन्स्योरेन्सको सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना सार्वजनिक

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालद्धारा कम्पनीको उक्त बीमालेख मंगलबार सार्वजनिक भएको हो ।

कम्पनीको उक्त बीमा योजना बैशाख २ गते देखि बिक्री शुरु हुनेछ । सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना अनलाईनबाट समेत खरिद गर्न सकिने छ । साथै, कम्पनीका सबै शाखा कार्यलयहरुबाट समेत उक्त बीमा योजना किन्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीको मोबाइल एपमार्पmत समेत बीमालेख खरिद गर्न तथा दाबी समेत गर्न सकिनेछ ।

उक्त बीमा योजनामा व्यक्तिगत दुर्घटना बीमा, सामान्य स्वस्थ्य बीमा र गम्भिर प्रकारको रोगको जोखिम बहन हुने कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको यस बीमाअन्र्तगत व्यक्तिगत दुर्घटना बीमामा ७ देखि १० लाख रुपैयाँ, सामान्य स्वास्थ्य बीमामा न्युनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म र गम्भिर प्रकृतिका १८ रोगका लागि एक देखि १० लाख रुपैयाँसम्मको जोखिम बहन हुनेछ ।

बीमितले वार्षिक १६ सय रुपैयाँ बीमा शुल्क तिरेपछि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचारका साथै एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा हुने कम्पनीले जनाएको छ ।

यस्तै, बीमितले वार्षिक ३ हजार रुपैयाँ भुक्तानी गरे १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा सुविधा प्राप्त हुनेछ ।

कम्पनीका अनुसार बीमितले दाबीका लागि आवश्यक कागजात बुझाएको १० दिनमै बीमा दाबी रकम पाउने छन् । दाबीका लागि बीमितले अस्पतालबाट डिस्चार्ज भएको अथवा रोग पत्ता लागेको ७ दिनभित्र लिखित वा मौखिक जानकारी गराउनु पर्ने छ ।

अस्पतालको बिल भरपाई, रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र लगायतका सबै कागजात बुझाई बीमा दाबी रकम भुक्तानीको फारम भर्नुपर्ने कम्पनीले जनाएको छ । बीमितले दाबीका लागि आवश्यक कागजातहरु पेश गरेको एक हप्ताभित्रै सबै बीमा दाबी रकम पाउने कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, उपनिर्देशक पुजन ढुङगेल लगायतको उपस्थित रहेको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।