नेपाल राष्ट्र बैंकले कोरोनाको दोस्रो लहरको बढ्दो जोखिमलाई न्यूनीकरण गर्दै पूर्ण स्वास्थ्य सतर्कता सहित सेवा प्रदान गर्न बैंक वित्तीय संस्थालाइ निर्देशन दिएको छ।
केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै विगतमा कोरोना जोखिम न्यूनीकरणका उपायहरु अबलम्बनका लागि गरिएका व्यवस्थाहरुको पुर्ण पालना गर्दै सेवालाई निरन्तरता दिन भनेको हो ।
कोभिड १९ को संक्रमण दोस्रो लहर नेपालमा समेत तीब्र रुपमा फैलँदै गएपछि संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाको व्यावसायिक निरन्तरताको समेत सुनिश्चितता गर्न भनेको हो । राष्ट्र बैंकका अनुसार नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रबाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ती तथा सेवाग्राहीमा ,संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अबलम्बन गरेर मात्र सेवा प्रदान गर्नु पर्नेछ ।
बैंक वित्तीय संस्थाले सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दुरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रबाह गर्नु पर्नेछ । साथै सेवाग्राहीको आवत जावत सकेसम्म कम हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरु यथासम्भव विद्युतीय माध्यमबाट गराउन प्रोत्साहित समेत केन्द्रीय बैंक बैंंक व्त्तिीय संस्थालाई निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाद्धरा सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी सेनिटाइजर र टिस्यू पेपरको व्यवस्था गर्ने केन्द्रीय बैंकले निर्देशन दिएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैंठक, गोष्ठि, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दुरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म यस्ता कार्यक्रम भचुर्अल माध्यमबाट गर्ने व्यवस्था मिलाउने समेत केन्द्रीय बैंकको निर्देशन रहेको छ ।
कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै संक्रमणको जोखिम न्यून हुने गरी सेवा प्रबाह गनुपर्नेछ । निर्देशन अनुसार कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य गर्ने बातावरण निर्माण तथा आवश्यकताका आधारमा रिमोट एक्सेस, वर्क फ्रम होम, सिफट्वाइज काम लगायतका उपाय अवलम्बन गर्नुपर्नेछ ।
कर्मचारीहरुमा संक्रमणको शंका अविलम्ब परीक्षण गर्ने व्यवस्था गर्न र संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन गर्ने तथा कन्ट्रयाक टे«ेसिङमा परेका कर्मचारीलाई क्वारेन्टीन गर्ने व्यवस्था गर्नु पर्नेछ । बैंक तथा वित्तीय संस्थालाई कोभिड सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोभिड १९ सुरक्षा व्यवस्थापन समूह गठन गर्ने निर्देशन दिइएकोमा सो समुहलाई सक्रिय रुपमा परिचालन गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
समुदाय स्तरमा कोभिड १९ को संक्रमण फैलिइ महामारीको विषेश अवस्थामा आइपर्न सक्ने परिस्थितलाई समेत आँकलन गरी बैंक तथा वित्तीय संस्थाका अत्यावश्यकीय कार्यको निरन्तरताको लागि विस्तृत कार्ययोजना सहित कन्टिजेन्सी प्लानलाइ समय अनुकुल अद्यावधिक गर्न समेत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाइ निर्देशन दिएको छ ।
प्रतिक्रिया