प्रभु बैंकको शाखा कार्यालय नुवाकोटको महादेवफाँटमा

0
Shares

प्रभु बैंक लिमिटेड (PRVU) ले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा आप्mनो २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले बैशाख ८ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन प्रमुख अतिथी वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले बिहान १०ः०० बजे गरेका हुन् ।

उक्त महादेवफाँट शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिए । उनले प्रभु बैंकको यो अभियानले देशभरी नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।