१७५ एम एलको नयाँ कोका–कोला बजारमा


कोका–कोलाले १७५ मिलिलिटर सिसाको बोतल नेपालमा ल्याएको छ । उक्त नयाँ बोतलको २५ रुपैंया मूल्य निर्धारण गरिएको बोटलर्स नेपालले जनाएको छ ।

नयाँ डिजाइनमा आएको सिसाको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको बताइएको छ । बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने बोटलर्स नेपालको अपेक्षा छ ।

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । आरजीबी बोतलहरु रियुजेबल बोतलहरु भएकाले वाताबरणमैत्री हुनुका साथै सिसा प्याकेजिंगले कोका–कोलाको स्वाद ताजा रहन्छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरुमा उपलब्ध हुने बताइएको छ ।

नयाँ बोतलको लन्चको क्रममा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सन ल्याइएको बताए ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले नेपाली पन झल्काउने लागो सहित नयाँ बोतलमा कोकाकोला ल्याइएको बताए । “दिउँसै झप झप, कोकले अप” नामक ट्यागलाइन सहित चलिरहेको अपलिट क्याम्पेनको हिस्सामा नयाँ बोतल सार्वजनिक गरिएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।