७० प्रतिशतसम्म विजुली बचत गर्ने एल.जी.का नयाँ एसी नेपाली बजारमा


एल.जी. को आधिकारीक विक्रेता सि.जी. इम्पेक्स प्रा.ली. ले एन्टी भाईरस फिल्टर भएको एल.जी. को ए.सी. नेपाली बजारमा ल्याएको छ । यस एन्टी भाईरस फिल्टरले भित्री वातावरण को किटाणुहरुलाई नष्ट गर्दछ र ताजा वातावरण बनाउँदछ । एन्टी भाईरस फिल्टरले इन्डिपेन्डेन्ट ल्याब बाट किटाणु नष्ट पार्ने प्रमाणपत्र प्राप्त गर्दछ ।

साथै यस ए.सी. मा फोर इन्न वान कन्र्भटेबल मोड रहेको छ, जसले ए.सी. लाई ४०%, ६०%, ८०% र १००% अर्थात मान्छे धेरै हुदाँ पुर्ण सम्भावनामा चलाउने र कम हुदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले थोरै विद्युत खपत गरि पैसा पनि बचत गर्दछ ।

यस ए.सि.मा डुवेल इन्भटर कम्प्रेसर रहेको छ । जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्छ र उच्च गतिका साथै कम गतिमा स्थिर भएर काम गर्छ । जसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै जसले ७०% सम्म विजुली खपत पनि गर्दछ ।

यस एल.जी.को ए.सी.मा रहेको ब्ल्याक फिन टेक्नोलोजि जसले धुलो, आद्र्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउँछ । जसले गर्दा ए.सी.को आयु बढाउनुका साथै लामो समय सम्म चल्दछ । एल.जी.को ए.सी.ले ४०% चाडो चिसो वा तातो बनाउँदछ साथै वातावरण मैत्रि आर ३२ ग्याँस रहेको छ र १० वर्षको वारेण्टी पनि रहेको छ ।

नयाँ वर्षको अफरमा एल.जी.को ए.सी. किन्दा ४ हजार बराबरको निशुल्क ए.सी.जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।