दुई अर्ब १९ करोड राजश्व छलीमा १३ फर्मका १६ संचालक विरुद्ध मुद्दा दर्ता

0
Shares

राजश्व अनुसन्धान विभाले झुट्टा तथा नक्कली बिल विजक प्रयोग गरी २ अर्ब १९ करोड बढी राजश्व छली गर्ने १३ फर्मका १६ संचालक विरुद्ध मुद्दा दर्ता गराएको छ।

विभागले अनिल गुप्ता एण्ड एशोसियटसका प्रोपराइटर अनिलकुमार गुप्ता तथा अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर प्रविण कुमार महतो समेत १३ फर्महरुका प्रोपराईटर गरी १६ जना प्रतिवादीहरु मुद्दा दर्ता गराएको जनाएको छ । उनीहरुबाट २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

प्रतिवादीहरुले विभिन्न फर्महरुको नाममा नक्कली तथा झुट्टा बिक्री बीजक जारी गरी उक्त फर्महरुबाट कर बीजक बमोजिमको रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको आरोप छ।

विभागले अनिल गुप्ता एण्ड एशोसियटसका प्रोपराइटर अनिल कुमार गुप्ता, अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर प्रविण कुमार महतो, सन्ध्या ट्रेडर्सका प्रोप्राइटर अभिमन महतो कोइरी, लक्की ट्रेड लिंकका प्रोप्राइटर अकली हजरा दुसाद, मुअन ट्रेडिङ्ग कन्सर्नका प्रोप्राइटर मुअन महरा, दिब्या ईन्टरप्राइजेजका प्रोपराइटर रामचन्द्र माझी विरुद्ध मुद्दा दर्ता गरेको हो।

यसैगरी निकी के ट्रेडर्सका प्रोपराइटर भुलावन महरा चमार, एन के डी ट्रेडर्सका प्रोपराइटर दिपक कुमार कायस्थ,जि.एन. ट्रेडर्सका प्रोपाईटर ओकिल देवान,सुवर्ण ट्रेड लिंकका प्रोप्राइटर सरोज श्रेष्ठ, संजय इन्टरनेशनल इन्टरप्राइजेजका प्रोप्राइटर संजय श्रेष्ठ, अंशु ट्रेड लिंकका प्रोप्राइटर बाणेश्वर महतो, कोमल ट्रेड लिंकका प्रोप्राइटर सरोज ढकाल, पि.एन. आर इन्टरप्राइजेजका प्रोप्राइटर राधेश्याम प्रसाद साह तेली, आयान टेड्र लिंकका प्रोपराइटर रत्न गोपाल श्रेष्ठ विरुद्ध मुद्दा दर्ता गरेको हो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।