एभरेष्ट बैंकमा नायब महाप्रबन्धकलाई का.मु सीईओको जिम्मेवारी

0
Shares

एभरेष्ट बैंक (EBL) को नायब महाप्रबन्धक सन्धिर कुमारलाई कायम मुकायम (का.मु.) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।

बैंकका सचिव सुरेश चापागाँईले बैशाख १२ गते नेपाल स्टक एक्सचेञ्जलाई पत्र पठाउँदै बैंकमा महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका डा.सन्धिर कुमारलाई कामु सीईओ नियुक्ती गरेको जानकारी दिएका हुन् ।

बैंकले केही समय अघि मात्र सुदेश खालिङलाई पहिलो पटक नेपाली प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । स्थापनाको २५ बर्षसम्म भारतीय नागरिकलाई प्रमुख कार्यकारी बनाएको एभरेष्ट बैंकले पहिलो पटक नेपाली सीईओ बनाएको थियो ।

यसअघि चार बर्षका लागि सीईओ नियुक्त भएका भारतीय मुलका गजेन्द्रकुमार नेगीले अपेक्षित काम गर्न नसकेपछि एभरेष्ट सञ्चालक समितिले १७ महिनामै फिर्ता पठाउने निर्णय गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।