हिमालयन बैंक एससिटि युनियनपे कार्ड संचालनमा

0
Shares

हिमालयन बैंकले र युनियनपेको सहकार्यमा हिमालयन बैंक एस.सि.टि युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ गरेको छ । सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्ने बैंकले जनाएको छ ।

भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुने बैंकको भनाई छ । भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबिच उक्त सेवा सुभारम्भ गरिएको हो ।

यूनियनपे र बैंकका प्रतिनिधिले एचविएल यूनियनपे एससिटिका ेब्राण्डेड कार्ड आफ्ना ग्राहकहरुका लागि जारी गर्न शुरु गरेकोमा प्रशन्नता व्यक्त गरेका छन् । त्यस्तै निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्विकार्य हुने कुराको जानकारी दिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.ले सो अवसरमा यूनियनपे तथा एस.सि. टिसंग सहकार्य गरी “एच वि एल यूनियनपे एस सि टि कार्ड” संचालनमा ल्याएकोमा प्रसन्नता व्यक्त गरे । उनले नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स–्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने र छिटै डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक भएको जिकिर गरे ।

हिमालयन बैंक यूनियनपेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि संचालनमा रहेको तथा उक्त कार्ड बैंकले सन् २०१४ देखिनै जारी गर्दै आइरहेको छ । सन् २०१८ देखि क्यूपे वालेट पनि संचालन गर्दै आएको एस सि टि नेपालमा यूनियनपेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था रहेको छ ।

हिमालयन बैंक र एस सि टिले यूनियनपेको नेपालमा सेवा स्थानीयकरण गर्ने योजनामा साझेदारको रुपमा रही नेपाल र मित्रराष्ट्र चीन बिचको आर्थिक तथा व्यवसायिक क्रियाकलापमा सहयोग पु¥याउदै छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।