नेपाल राष्ट्र बैंकले १ खर्ब ४२ अर्ब १७ करोडको पुनरकर्जा स्वीकृत गरेको छ ।
मौद्रिक नीति २०७७/७८ ले व्यवस्था गरेबमोजिम नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ अनुसार बैंक तथा वित्तीय संस्थामार्फत एकमुष्ट रूपमा र ग्राहक ऋणीअनुसार पुनरकर्जा प्रदान गर्ने व्यवस्था अनुसार सो रकम बराबरको पुनरकर्जा प्रवाह भएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपलब्ध कोषको ५ गुणासम्म पुनरकर्जा प्रदान गर्न सक्ने सीमा कायम गरिएकोमा हालसम्ममा कुल १ खर्ब ४२ अर्ब १७ करोडको पुनरकर्जा स्वीकृत गरिएको बताए ।
नेपाल राष्ट्र बैंकको ६६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै गभर्नर अधिकारीले एकमुष्ट प्रदान गरिने पुनरकर्जातर्फ क, ख र ग वर्गका संस्थालाई दुई पटक गरी कुल ९२ अर्ब ३८ करोडको पुनरकर्जा स्वीकृत भएको बताए ।
एकमुष्टतर्फ प्रवाह भएको पुनरकर्जामा बैंक तथा वित्तीय संस्थाले छानेका लघु, घरेलु तथा साना उद्यम पुनरकर्जातर्फ ३५ हजार ५५४, विशेष पुनरकर्जातर्फ २ हजार ३३ र साधारण पुनरकर्जातर्फ १० हजार ९६३ गरी कुल ४८ हजार ५५० ऋणीहरूमा पुनरकर्जाको पहुँच पुगेको उनले जानकारी दिए ।
उनका अनुसार प्रवाह भएको पुनरकर्जा बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाबाट कम्तीमा पाँच ऋणीलाई समेट्नुपर्ने व्यवस्था भएबमोजिम देशको कुल ५१९ भन्दा बढी स्थानीय तहस्थित बैंक तथा वित्तीय संस्थाका ऋणीसम्म पुगेको छ ।
यसैगरी इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जातर्फ २८ वटा लघुवित्त वित्तीय संस्थाको लागि १० अर्ब २३ करोडको पुनरकर्जा स्वीकृत भएको छ ।
ग्राहक ऋणीअनुसार नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने २० करोडसम्मको पुनरकर्जातर्फ फागुन मसान्तसम्म २८१ ऋणी लाभान्वित हुने गरी ३९ अर्ब ५६ करोडको पुनरकर्जा स्वीकृत भएको हो ।
उत्पादनशील क्षेत्र तथा प्राथमिकताप्राप्त क्षेत्रका व्यवसायीहरुलाई सम्बद्र्धन गर्न र न्यून लागतमा कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई विशेष गरी साधारण पुनरकर्जा, विशेष पुनरकर्जा, निर्यात पुनरकर्जा, साना तथा मझौला उद्योगमा पुनरकर्जा गरी चार प्रकारका पुनरकजा सुविधा उपलब्ध गराउने गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया