नियो डिजिटलले लञ्च गर्यो ब्रामो मोबाइल गेम


नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरहरुले शुरु गरेको कम्पनी नियो डिजिटल प्रा.लि. ले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेको छ ।

ब्रामो नामको यो गेम थ्रीडी आरपीजी मोडेलमा नेपालमा पहिलो पटक लञ्च गरिएको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ । भर्खरै ‘हाई स्कुल लेभल’ उतिर्ण यूवा प्रतिभा युमिस निरौला संग मिलेर यो गेम बनाउन एक वर्ष भन्दा बढी समय लागेको भट्टराईले बताए । 

कुनै गाउँमा राक्षसहरुले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी यूवाले कसरी गाउले र गाउँको रक्षा गर्छन भन्ने कथामा यो गेम आधारित छ । नेपालमा मोबाईल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ्ग मोडलमा मोबाइल भर्सनमा लञ्च भएको यो नै नेपालको पहिलो गेम हो ।

ब्रामोको प्रारम्भ संगै नेपालमा मोबाइल गेम निर्माणमा ठुलो सघाउ पुर्‍याउने कम्पनीका संचालक रितेश भट्टराईको विश्वास छ । अन्तराष्ट्रिय स्तरमा पब्जी र फोर्टनाइट जस्ता गेमको प्रभाव रहेको बेला यूवा युवतिले यो गेम मन पराउने विश्वास लिइएको छ ।

गुगल प्ले स्टोरमा राखि सकिएको यो गेम निशुल्क डाउनलोड गरी जोसुकैले खेल्न र आन्नद लिन सक्ने छन् ।गत महिना उपभोक्ता मूखि पेशा व्यवसायको लागि कस्टुमर रिलेशनसिप मेनेजमेन्ट (सिआरएम) सफ्टवेयर सार्वजनिक गरेको नियो डिजिटलले छिट्टै केटाकेटिको लागि आकर्षक शैक्षिक गेम ल्याउने योजना बनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।