बैंकिङ इण्डष्ट्रिलाई ‘लिड’ गर्दै नबिल, कुन बैंकको लाभांश क्षमता कति ?

0
Shares

चालु आर्थिक वर्षको चैतमसान्तसम्मको कार्य सम्पादनको आधारमा सूचीकृत वाणिज्य बैंकहरुमा नबिल बैंक शेयरधनीलाई सबैभन्दा धेरै लाभांश दिनसक्ने  देखिएको छ । बैंकको चैतसम्मको नाफाको आधारमा शेयरधनीलाई २८ प्रतिशतको हाराहारीमा लाभांश दिनसक्ने क्षमता बनाएको हो।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये २६ बैंकले सर्वसाधारणमा शेयर बिक्री गरेर धितोपत्रको दोस्रो बजारमा सूचीकृत छन् । यी बैंकहरुमध्ये प्रतिफल दिन सक्ने क्षमताको आधारमा नबिल बैंक अग्रपंक्तिमा देखिएको छ । तर, सरकारी लगानी भएको राष्ट्रिय वाणिज्य बैंक धितोपत्र बजारमा सूचीकृत नभएपनि गत चैतसम्मको नाफावाट आफ्ना शेयरधनीलाई दिनसक्ने लाभांश क्षमतामा नबिल बैंक भन्दा पनि अघि रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको कार्य सम्पादनबाट धेरै नाफा गर्ने तेस्रो बैंक रहेको राष्ट्रिय वाणिज्य बैंकको लाभांस वितरण क्षमता सबैभन्दा धेरै ३३ प्रतिशत भन्दा माथि छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो अवधिमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ३ करोड ३३ लाख रुपैयाँ रहेको छ । हाल ९ अर्ब १८ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले सो वितरण योग्य नाफाका आधारमा शेयरधनीलाई ३३.१२ प्रतिशत लाभांश दिनसक्ने क्षमता बनाएको छ ।

सूचीकृत मध्येको धेरै लाभांश क्षमता भएको नबिल बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा सबैभन्दा धेरै ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो अवधिमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड एक लाख रुपैयाँ रहेको छ । यो चुक्ता पूँजीको आधारमा बैंकले चैतसम्ममा शेयरधनीलाई २८.२० प्रतिशत प्रतिफल दिने क्षमता राख्दछ ।

बैंकिङ क्षेत्रमा सामान्यत स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र नबिल बैंकलाई सबल तथा ठुला प्रतिस्पर्धिको रुपमा हेरिन्छ । समय–समयमा यी तीन बैंक बिच को अघि भन्ने दौड पनि देखिन्छ । तर, यो वर्षको चैतसम्मको कार्यसम्पादनलाई आधार मान्दा नबिल बैंक धेरै सबल बैंकको रुपमा देखिएको छ ।

विगतका केही वर्षहरुमा नबिल बैंकले नम्बर एकको दर्जा कायम राख्न सकेको थिएन । चालु आर्थिक वर्षमा नबिल बैंकले ‘नम्बर वान’ को ताज ‘रिगेन’ गर्ने रणनीति अनुसार काम गरेकोमा सफल भएको देखिन्छ । तर, यो आर्थिक वर्षको चैत देखि सफल भएको छ । विगतका वर्षहरुमा एभरेष्ट तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकहरुले बैंकिङ क्षेत्रको नेतृत्व गरेको अवस्था अहिले निजी क्षेत्रबाट नबिल, ग्लेबल आइएमई र एनआइसी एशिया बैंक देखिएका छन् ।

Bank Distributable Profit No. Of Shares Dividend Capacity
 Rastriya Banijya Bank  3,043,353,000 91848916 33.12
 Nabil  3,802,495,000 134,801,590 28.20
 Sanima  1,409,524,000 96,815,191 14.55
 Prabhu  1,593,937,000 113,470,570 14.047
 NMB  2,275,787,000 163,259,610 13.93
 Prime  2,200,451,000 160,830,369 13.68
 Agriculture Dev  1,431,927,000 109,899,298 13.02
 Everest Bank  1,065,385,000 89,337,170 11.92
 Global IME  2,564,582,000 216,325,030 11.85
 Nepal Bank  1,474,653,000 126,367,586 11.66
 Citizens  1,346,230,000 116,620,409 11.54
 Standard Chartered  955,905,000 85,722,310 11.15
 Nepal Bangladesh  983,229,000 90,048,212 10.91
 NIC Asia  1,220,603,000 115,640,054 10.55
 Machhapuchchre  846,910,000 90,530,946 9.35
 Bank of Kathmandu  856,965,000 96,581,764 8.87
 Mega  1,297,731,000 146,549,650 8.85
 Nepal Credit & Commerce  879,395,000 103,145,167 8.52
 Nepal Investment  1,385,260,000 162,573,300 8.52
 Himalayan   847,666,000 106,844,008 7.93
 Laxmi  841,639,000 106,956,900 7.86
 Siddhartha  831,449,000 109,622,992 7.58
 Kumari  984,650,000 138,784,748 7.09
 Nepal SBI  444,613,000 94,935,779 4.68
 Civil  307,795,000 86,436,610 3.56
 Sunrise  318,301,000 94,879,445 3.35
 Century  222,901,000 90,344,300 2.46

सञ्चालनमा रहेका मध्ये वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी भएको ग्लोबल आइएमइ बैंकले चालु आवको चैतसम्ममा ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा गरेर दोस्रो स्थानमा रहेको छ । तर, लाभांश वितरण क्षमतामा भने ग्लोबल आइएमई बैंक नवौं स्थानमा रहेको छ । चैतसम्मको तथ्याङकका आधारमा ग्लोबल आइएमई बैंकको लाभांश वितरण क्षेमता ११.८५ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्मको तथ्याङकका आधारमा विगतमा धितोपत्र बजारमा ‘ब्लु चिप’ भनेर चिनिएका केही बैंकहरु अहिले शीर्ष १० बाट पनि बाहिरीएको अवस्था छ । चैतसम्मको नाफाको आधारमा सञ्चालनमा रहेका १४ बैंकहरुले मात्र आफ्ना शेयरधनीलाई दोहोरो अंकको लाभांश दिने क्षमता राख्छन् । यसमा सरकारी लगानी रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक पनि रहेका छन् ।

सञचालनमा रहेको बाँकी १३ वाणिज्य बैंकले २ देखि ९ प्रतिशतसम्मको लाभांश वितरणको क्षमता राख्छन् । भारतीय स्टेट बैंक अफ इण्डियाको सहायक बैंक नेपाल एसबिआई बैंकको चालु आर्थिक वर्षको चैसम्ममा साढे ४ प्रतिशत मात्र लाभांश वितरण क्षमता छ । चैतसम्मको तथ्याङकका आधारमा सबैभन्दा थोरै लाभांश वितरण क्षमता सेञ्चुरी कमर्सियल बैंकको रहेको छ । यो अवधिमा बैंकको २ प्रतिशत मात्र लाभांश वितरण क्षमता रहेको छ ।

गत आर्थिक वर्षको चैत अर्थात २०७६ चैत देखि हालसम्म पनि कोरोना महामारी त्रास कायम नै रहेको हुँदा आर्थिक गतिविधि न्यून छ । यो विचमा सरकारले धेरै समय कोरोना नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा जारी गरेको अवस्था छ ।

कोरोनाको दोस्रो लहरका कारण बिहीबार देखि काठमाण्डौंमा पुनः निषेधाज्ञा जारी गरीएको छ । यो अवधिमा बैंकहरुले समग्र अर्थतन्त्रलाई नै जोगाउने गरी राहत र सहुलिय दिनु परेको अवस्था छ । यो अवधिमा बैंकहरुमा निक्षेप मात्र थपियो नयाँ कर्जा प्रबाहमा समेत समस्या आयो । जसले गर्दा बैंकहरुको आम्दानी ठुलो असर गरेको देखिन्छ । कोरोना महामारीका बाबजुद पनि बैंकहरुले चैत मसान्तसम्ममा १२.१४ प्रतिशत नाफा भने बढाएका छन्।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।