लकडाउनलाई मध्यनजर गर्दै क्लासिक टेकको “तूफान” अफर


ईन्टरनेट सेवा प्रदायक संस्था क्लासिकटेकले लकडाउनको गम्भिर्यतालाई ध्यानमा राख्दै “तूफान” अफर सार्वजनिक गरेको छ ।

कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको जनाएको छ । यसबाट घरमा बसेर गरिने अनलाइन जब तथा अनलाइन क्लास सञ्चालनमा सहयोग पुग्ने विश्वास क्लासिक टेकले लिएको छ ।

अफरमा सेवाग्राहीले ५० एmबिपिएसदेखि १०० एमबिपिएससम्मका तिब्र गतिको ईन्टरनेट र निशुल्क आईपी टिभि समेत पाउने छन् ।

५० एमबिपिएसको अफर कर बाहेक मासिक १ हजार २५० रुपैंयामा उपलब्ध हुने छ भने वार्षिक शुल्क एकै पटक भुक्तानी गर्दा १५ हजार रुपैंया लाग्नेछ । यो अफरका सेवाग्राहीले २ वटा आईपि टिभि निशुल्क पाउने बताइएको छ ।

८० एमबिपिएसको मासिक १ हजार ४०० रुपैंया र वार्षिक भुक्तानीमा १६ हजार ८०० रुपैंया कायम गरिएको छ । यो अफरका ग्राहकले ३ वटा आईपि टिभि निशुल्क पाउने छन् ।

१०० एमबिपिएसको अफरमा ३ वटा आईपि टिभि निशुल्क पाइनेछ भने मासिक शुल्क १ हजार ८०० रुपैंया र वार्षिक शुल्क २१ हजार ६०० रुपैंया तोकिएको छ ।

क्लासिक टेकको आईपि टिभिमा ५० वटा एचडी र १०० वटा एसडी च्यानल हेर्न सकिनेछ । आईपि टिभि जडान गर्ने ग्राहकले पुरानो तथा नयाँ टिभिमा युट्युब स्ट्रिमिङ गरेर हेर्न पनि सक्ने विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले पुराना ग्राहकहरुलाई पनि तूफान रिचार्ज अफर प्याकेज सार्बजनिक गरेको छ । जस अन्तर्गत पुराना ग्राहकले साविकको कुनै पनि प्याकेज तूफान ५० एमबिपिएस, ८० एमबिपिएस र १०० एमबिपिएसमा रिचार्ज गर्न सक्ने छन् । यसरी रिचार्ज गर्दा ३० प्रतिशतसम्म नगद छुट प्राप्त गरी १० हजार ४५८ रुपैंया बचत गर्न सक्ने छन् । साथै २ महिना बोनस पनि प्राप्त हुनेछ ।

प्याकेज अफरहरु का लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्न सकिनेछ ।

कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ म्यानेजर बिनय कुमार अधिकारीका अनुसार क्लासिक टेक इलेक्ट्रोनिक अत्याधुनिक डिजिटल प्राविधि आईपिभि ६ मोडलमा बिस्तार भईसकेको छ ।

क्लासिक टेकले १०३ वटा शाखा बिस्तार गरि देशका विभिन्न स्थानमा सेवा प्रबाह गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।