नेपाल पुनरबीमा कम्पनीले कार्यालय सञ्चालन गर्न भाडामा घर खोज्दै, प्रस्ताव आह्वान


नेपाल पुनरबीमा कम्पनीले राजधानीको त्रिपुरेश्वर, थापाथली, पुतलीसडक वा नयाँ बानेश्वर क्षेत्रमा कार्यालय सञ्चालन गर्नका लागि घरधनीहरुसँग प्रस्ताव माग गरेको छ ।

इन्स्योरेन्सले उल्लेखित स्थानका मुख्य सडक वा सडकसँग जोडिएको कम्तीमा २० फिटको बाटो भएको स्थानमा ७ देखि ८ हजार वर्गफिट क्षेक्रफल भएको घर भाडामा लिन लागेको हो । पर्याप्त पार्किङ, ग्यारेज, पानी, लिफ्ट लगायतका सुविधा भएको घरको पहिलोदेखि चौथो तल्लासम्मा स्थान उपलब्ध गराउन कम्पनीले भनेको हो ।

उल्लेखित मापदण्डमा रहेका घरधनीले कम्पनीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको बैंक खातामा १ हजार रुपैंया नगद जम्मा गरेको भौचर सहित कम्पनीको थापाथलीस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।