प्रिमियर इन्स्योरेन्सको नाफा ५२ प्रतिशतले बढ्यो, ५९ करोड बीमाशुल्क संकलन

0
Shares

प्रिमियर इन्स्योरेन्स (PIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ५२.०२ प्रतितशले धेरै हो ।

गत आवको चैत मसान्तमा १९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५.९४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२०.२२ रुपैयाँ छ । चैत मसान्तसम्म इस्योरेन्सको जगेडा कोषमा ३३ करोड ३९ लाख रुपैयाँ, बीमा कोषमा ८१ करोड ५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ३ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ५२ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा ११.४१ प्रतिशतले धेरै हो ।

इन्स्योरेन्सको १ लाख २३ हजार ५९९ बीमालेख जारी गरेको छ भने १ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ७२ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।