सिद्धार्थ इन्स्योरेन्सको नाफा १७ करोड, ७४ करोड खुद बीमाशुल्क संकलन

0
Shares

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन गत आवको यसै अवधिको तुलनामा ६.०७ प्रतितशले धेरै हो ।

गत आवको चैत मसान्तमा १६ करोड ३ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ७४ करोड १७ लाख ४९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ६१ करोड १६ लाख ३१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा २१.२७ प्रतिशतले धेरै हो ।

यस अवधिमा कम्पनीले ४६ करोड दीर्घकालीन तथा २ अर्ब ५७ करोड ३० लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा प्रवाह गरी कम्पनीले ८ करोड २९ लाख रुपैयाँ र पुनर्बीमा कमिशन वापत २६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २२.६८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३८.४१ रुपैयाँ छ । कम्पनीको मुल्य आम्दानी अनुपात ५५.५६ गुणा छ । 

चैत मसान्तसम्म इस्योरेन्सको जगेडा कोषमा ३९ करोड ३२ लाख रुपैयाँ, बीमा कोषमा ९२ करोड २९ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सको १ लाख ५० हजार ३५६ वटा बीमालेख जारी गरेको छ भने १ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा ७ हजार ८४५ वटा दाबी वापत ९५ करोड ३१ लाख दाबी भुक्तानी गरेको कम्पनीले ६ हजार ७३१ संख्याको दाबी वापत परेको १ अर्ब १७ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।