अक्सिजन र अत्यावश्यकीय सामाग्रीको सहज आपूर्तिका लागि उद्योग वाणिज्य महासंघ, परिसंघ र चेम्बरको संयुक्त अपील


नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारीका बेला अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धताका लागि अपील गरेका छन् ।

कोभिड १९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आपूmसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन तीन वटै चेम्बर संस्थाले अपील गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै चेम्बर संस्थाहरुले कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासंगै सामाजिक एवं आर्थिक समस्यासंग मुलुक जुधिरहेको बताएका छन् ।

कोभिड १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नया रेकर्ड राख्दै बढिरहेको छ । अस्पतालहरु भरिदै गएका छन भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ ।

सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि संस्थाहरुले अपील गरेका छन् । यस परिस्थितिमा आम उपभोक्ताहरुलाई पनि आप्mनो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढि सिलिन्डिर संचिति नगरि दिन आग्रह गरेका तीन संस्थाले अन्य व्यवसायीहरुसँग रहेका सिलिन्डर पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरि सम्बन्धित निकायमा उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।

यसैगरि अत्यावश्यकीय खाद्य सामाग्रीको संचिति र त्यसमा मुल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति तीनवटै संस्थाले ध्यानाकर्षण भएको बताएका छन् । “महामारीको बिषम परिस्थितिमा कुनै पनि प्रकारको संचिति र मुल्य वृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु सम्वद्ध सबै व्यवसायीहरुमा अपील गर्दछौ । अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरुले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मुल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आव्हान गर्दछौ । साथै आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउदै अनावश्यक संचिति नगरिदिन हुन पनि अनुरोध गर्दछौ” विज्ञप्तिमा भनिएको छ ।

यसैगरि केहि निजी अस्पतालहरुले बिषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचार तर्पm पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । बिरामीहरुको जीवनरक्षालाई मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरु मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल वन्दै गएको अवस्थामा अनावश्यक नाफा आर्जन गर्ने तर्पm लाग्न नहुने तीन संस्थाले बताएका छन् ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु जिम्मेवार व्यवसायमा विश्वास गर्ने बताउँदै संयुक्त विज्ञप्तिमा बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भत्र्सना र विरोध गरिएको छ । चरम संकटका बेला जिम्मेवार व्यवसाय प्रवद्र्धन गर्न एवं गैर प्रतिष्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारवाही गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सरकारको साथमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।