एसियन लाईफका सबै भुक्तानीहरु अब पूर्ण स्वचालित


एसियन लाईफ इन्स्युरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु आफ्नो बैंक खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा प्रणाली सुरु गरेको छ । नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा आबद्ध भएसँगै एशियनलाइफले एन.आइ.सि. एसिया बैंक लिमिटेडमा रहेको खाताबाट यस्तो सेवा सुरु गरेको हो ।

यसरी नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएस प्रणाली मार्फत स्वचालित रुपमा एसियान लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ ।

एसियन लाईफले बीमा प्रिमियम संकलनका लागि पहिले देखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यो व्यवस्था पछी कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ । साथै लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्त गर्न सक्ने छन् ।

एसियन लाईफ सँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत कनेक्ट आईप्एिस इपेमेण्टबाट भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रणालीमा आबद्ध भैसकेका छन् । यो प्रणाली नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ, जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ५६ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

एसियन लाईफ इन्स्युरेन्स प्रख्यात व्यावसायिक तथा व्यक्तिगत प्रवर्तकहरुद्वारा प्रवद्र्धित कम्पनी हो । १४ वर्ष भन्दा बढीको सञ्चालन अवधिमा एसियन लाईफले आफ्ना १४६ शाखाहरु तथा ९३ हजार भन्दा बढी एजेन्टहरु मार्फत ५ लाख ६८ हजार भन्दा बढी बीमितलाई बीमा सम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।