युनाइटेड इन्स्योरेन्सको नाफा ३३४ प्रतिशतले बढ्यो


युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खद नाफा ३३४.९४ प्रतिशतले बढाएको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड २७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिका तलनामा इन्स्योरेन्सको ख
द नाफा ३३४.९४ प्रतितशले बढेको हो । गत आवको चैत मसान्तमा इन्स्योरेन्सले १ करोड २१ लाख ३० हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क संकलन रकम समेत बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३७ करोड ८५ लाख १६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा २४ करोड ७१ लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा अहिले ५३.१२ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख ८० हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैंया १३ पैसा, प्रतिशेयर नेटवर्थ १४४ रुपैंया १ पैसा छ ।

चैत मसान्तसम्ममा इस्योरेन्सको जगेडा कोषमा ११ करोड १८ लाख ७२ हजार रुपैयाँ, बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ४६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन वापत ९ करोड २१ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३९.५२ प्र्रतिशतले धेरै हो । गत आवको यसै अवधिमा कम्पनीले पुनर्बीमा कमिशन वापत ६ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ४३ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको चैत्र मसान्तसम्म कम्पनीले यस शिर्षकबाट २ करोड ९२ लाख ६९ हजार रुपैयाँ आम्दनी गरेको थियो ।

कम्पनीले अभिकर्ता कमिशन वापत १ करोड ७९ लाख रुपैयाँ खर्चेको छ ।

१ लाख ८ हजार १०१ बीमालेख जारी गरी इन्स्योरेन्सले ८७ करोड ८६ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ६९ हजार २८५ बीमालेख जारी गरी ५१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले ३ हजार २९१ बीमा दाबीवापत ४० करोड ३३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ४ हजार ६८३ बीमा दाबी वापत ६९ करोड १३ लाख रुपैयाँ अझै भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।