सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

इन्स्योरेन्सले गत आर्थीक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर शुक्रबार सूचीकृत भएको हो ।

कम्पनीले गत माघ ५ गते सोमबार सम्पन्न साधारण सभाबाट १० करोड ७७ लाख ५६ हजार ९ सय रुपैययाँ बराबरको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते शुक्रबार बुक क्लोज मिती तोकेको थियो । बुक क्लोजको अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भई कायम लगानीकर्ताले मात्र बोनस शेयर पाउने छन् ।

सूचीकृत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि धितोपत्र दास्रो बजारमा कारोबार गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।