१ सय ८७ थान अक्सिजन ग्याँस सलिन्डर हस्तान्तरण


लिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयले १ सय ८७ थान अक्सिजन ग्याँस सलिन्डर हस्तान्तरण गरेको छ ।

प्रहरीले विभिन्न स्थानबाट संकलन गरेको अक्सिजन ग्याँस बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिबार हस्तान्तरण गरेको हो ।

विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव नहोस् भन्ने उद्देश्यका साथ कास्की जिल्ला अन्तर्गत विभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्याँस वेल्डिङ तथा अन्य कम्पनीहरूसँग रहेका सिलिन्डरहरू पछि सम्बन्धित संस्था तथा कम्पनीलाई नै फिर्ता गर्ने गरी संकलन गरी हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।