खुद बीमाशुल्क १०९.७९% ले बढेको सिटिजन लाइफको नाफामा सामान्य सुधार


सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमाशुलक संकलनलाई १०९.७९ प्रतिशतले बढाएको छ ।

चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब १६ करोड ३५ लाख ५२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफामा सामान्य सुधार भएको छ । कम्पनीले १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १४ करोड ३९ लाख २३ हजार रुपैयाँ कमाएको सिटिजनको नाफा १.२७ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ६५.४६ प्रतिशतले बढेर ७६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोष १३८.०५ प्रतिशतले बढेर ३ अर्ब १ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

लगानी कर्जा तथा अन्यबाट कम्पनीले २१ करोड ५७ लाख ३० हजार रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ९२ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

१ अर्ब १८ करोड ५३ लाख ११ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष २ अर्ब ४८ करोड ७४ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । चैत मसान्तसम्ममा कम्पनीले ५०२ वटा दाबी वापत ४१ करोड ७१ लाख भुक्तानी गरेको छ भने ९८ वटा दाबीको ४ करोड ११ लाख १७ हजार रुपैयाँ भूक्तानी हुन बाँकी छ ।