नेको इन्स्योरेन्सको नाफा ३५ करोड, खुद बीमा शुल्क ४६.४६% ले बढ्यो

0
Shares

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (NIL) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा २४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा ४५.५७ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ९२ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीको खुद बीमा शुल्क ४६.४६ प्रतिशतले बढेको हो ।

चुक्तापूँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५.५२ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा २४.४० रुपैयाँ रहेको थियो।

पुस मसान्तसम्ममा कम्पनीले जगेडा कोषको आकार ४३ करोड १० लाख रुपैयाँबाट बढेर ६८ करोड २३ लाख रुपैयाँ कायम गरेको छ । यससँगै कम्पनीको प्रतिशेयर नेटवर्थ २३५.५९ रुपैयाँ पु्गेको छ ।

कम्पनीले पुनर्बीमा व्यवसायबाट १६ करोड ४७ लाख र लगानी कर्जा तथा अन्यबाट ११ करोड १लाख रुपैयाँआम्दानी गरेको छ ।

हालसम्म२२ लाख ४३ हजार ९४ वटा बीमालेख जारी गरेको कम्पनीले १अर्ब ९७ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीको ३८ हजार ९८६ बीमालेख नवीकरण भएका छन् ।

चैत मसान्तसम्ममा कम्पनीले ५ हजार ७८८ वटा बीमालेख वापत ८१ करोड ८३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दा ५ हजार ६१० संख्याको दाबी वापत १ अर्ब ९ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।