पूर्वराजा ज्ञानेन्द्र कोरोना मुक्त, अक्सिजन लिन छाडे, कोमलको स्वास्थ्य सुधारोन्मुख


नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । अस्पतालका अनुसार कोमलको स्वास्थ्यमा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट जनरल वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ ।

उता पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थामा सुधार आएको बताइएको छ ।े २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।