एनएलजीको खुद नाफा २१ करोड, खुद बीमाशुल्क ३६% ले बढ्यो 

0
Shares

एनएलजी इन्स्योरेन्स (NLG) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा ३५.२२ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले ८५ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३६.२६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

पूँजी १ अर्ब ९ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी २५.८८ रुपैयाँ छ । जगेडा कोषमा ४२ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २३३.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.९४ गुणा बढी छ ।

बीमा कोषमा १ अर्ब २७ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ती जगेडामा ४ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले यस अवधिमा ६ हजार १९४ वटा दाबी बापत १ अर्ब ७ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६ हजार १३० वटा दाबी बापत ९८ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीले पुनर्बीमा कमिशनबाट २२ करोड ५४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ७ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले १ लाख ६८ हजार २२८ वटा बीमालेख जारी गरी कुल १ अर्ब ६९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।