नेपाल लाइफले ९ महिनामा संकलन गर्यो झण्डै २५ अर्ब बीमाशुल्क, नाफा ५० करोड माथि

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ३५.४९ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ।
कम्पनीले चैत मसान्तसम्ममा २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ३२.२५ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख रुपैयाँको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा ८१ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यस्तै, महाविपत्ति कोष ४७ करोड ५७ लाख रुपैयाँबाट बढेर ५९ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

चैत मसान्तसमा नेपाल लाइफले ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन समीक्षा अवधिको तुलनामा ८.३६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले ४६ करोड ७५ लाख रुपैयाँ नाफा खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.३८ रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब १२ करोड ३४ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.९२ रुपैयाँ छ।

कम्पनीले चैतमसान्तसम्म लगानी, कर्जा तथा अन्य आयबाट ५ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन समीक्षा अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो । यस्तै, कम्पनीले पूनर्बीमा कमिशनववापत २ करोड ८७ लाख आम्दानी गरेको छ । यस अवधिमा अभिकर्ता कमिशन वापत २ अब ८४ करोड रुपैयाँ खर्चेको छ ।

कम्पनीले चालु आवको ९ महिनाको अवधिसम्म २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म एक खर्ब ४४ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस वर्षको कुल बीमा शुल्क आर्जन भने २५ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै, कम्पनीले हालसम्म १३ लाख ७० हजार १३६ वटा बीमालेख जारी गरेको छ । कम्पनीले १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।