बिहीबार सुनचाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनचाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी दुबैको मूल्य बिहीबार नेपाली बजारमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३३५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० बैशाख २०७८, बिहीबार ११ : ३५ बजे