एभरेष्ट इन्स्योरेन्सको नाफा करिब १५ करोड, खुद बीमाशुल्क १५% ले बढ्यो

0
Shares

एभरेष्ट इन्स्योरेन्स (EIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन रकम १५.०८ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले ३३ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको यसै अवधिको तुलनामा ११.२१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १८.०४ रुपैयाँ छ । जगेडा कोषमा ३४ करोड ८७ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६८.४० रुपैयाँ छ । कम्पनीको बीमा कोषमा ४० करोड ८ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट २ करोड ७७ लाख ८५ हजार र पुनर्बीमा कमिशनबाट ८ करोड ६४ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले १५ करोड ८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । 

इन्स्योरेन्सले ८३ लाख २८९ बीमालेख जारी गरी ७८ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

इन्स्योरेन्सले यस अवधिमा ४ हजार १९७ दाबी बापत ६८ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ६८४ वटा दाबी बापत १ अर्ब १७ करोड रुपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ ।

समीक्षा अवधिमा कम्पनीको चुत्तःा पूँजी स्थीर रहेको छ भने जगेडा कोषमा ६७.७९ प्रतिशत, बीमा कोषमा ३६.३८ प्रतिशत, आष्मा १०.२६ प्रतिशत, खुद दाबी भुक्तानीमा २२.०८ प्रतिशतले बढ्दा पुनर्बीमा कमिशन आय १४.४१ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।