राष्ट्रिय बीमा संस्थानको नाफा करिब ५ करोड, बीमा कोषमा साढे ३२ अर्ब सञ्चित

0
Shares

राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्ष २०७७।७८ को तेस्रो त्रैमासम्ममा ४ करोड ८६ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा ४ करोड ९३ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा १.४३ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको संस्थानको वार्षिक प्रतिशेयर आम्दानी ३५.८२ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ३३ करोड ४४ लाख ७७ हजार रुपैयाँ छ ।

चैत मसान्तसम्म संस्थानको बीमा कोषमा ३२ अर्ब ४४ करोड ७२ लाख ३६ हजार रुपैयाँ सञ्चित भएको छ । गत आवको यसै अवधिमा २६ अर्ब ७० करोड ३८ लाख २५ हजार रुपैयाँ थियो ।

यसैगरी समीक्षा अवधिमा कम्पनीले ६ करोड ७७ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा ६ अर्ब ८४ करोड ३२ लाख ४३ हजार रुपैयाँ संकलन गरेकोमा १.०२ प्रतिशतले घटेको हो ।

संस्थानले यस अवधिमा २ अर्ब ५४ करोड २० लाख २९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचीकृत रहेपनि संस्थानले सर्वसाधारणमा शेयर जारी नगरेकाले यो कम्पनी भने सूचीकृत छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।