सगरमाथा इन्स्योरेन्सले न्यून लाभांश प्रस्ताव गरेर शेयरधनीलाई बनायो निराश

0
Shares

सगरमाथा इन्स्योरेन्स (SIC) ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट न्यून लाभांश वितरण गर्ने प्रस्ताव गरेर शेयरधनीलाई निराश बनाएको छ ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको जेठ ४ गते सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेको छ ।

आव २०७४/७५ वर्षयता लाभांश वितरण नगरेको कम्पनीबाट लगानीकर्ताले आकर्षक लाभांश पाउने आशा राखेपनि ११ प्रतिशत बोनस मात्र वितरण भएपछि कम्पनीको शेयरमा लगानी गरेकाहरु निराश भएका छन् । कम्पनीले आव २०७४/७५ बाट ८६ प्रतिशत बोनसको आकर्षक लाभांश वितरण गरेको थियो ।

सञ्चालक समितिबाट प्रस्तथावित लाभांश बीमा समितिबाट स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब १२ लाख २३ हजार रूपैयाँ रहेको छ । ११ प्रतिशत बराबरको ११ करोड १ लाख ३४ हजार रूपैयाँ बराबरको बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रूपैयाँ पुग्नेछ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।