युनियन लाइफको तेस्रो वार्षिक साधारण सभा जेठ ११ गते

0
Shares


युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थनगर-८ रुपन्देही बिहान १० बजे सभा बोलाएको हो । कोभिड १९ को विषम परिस्थितिको कारण साधारण सभा भर्चुअल माध्यमबाट हुने उल्लेख गरिएको छ ।

सभामा कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आव २०७५/७६ मा भएको खर्चको अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

यसैगरी कम्पनीमा नियुक्त भएका स्वतन्त्र विज्ञ सञ्चालकको अनुमोदन, आव २०७६।७७ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा सभामा रहेको छ ।

यसैगरी सभाले आर्थिक वर्ष २०७५।७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७५/७६ को वार्षिक प्रतिवेदन नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न बाँकी रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकभन्दा १५ करोड बढी अर्थात २१५ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।