प्रभु इन्स्योरेन्सको २५ औं साधारण सभा आज, १०.५३% लाभांश प्रस्ताव पारित गर्दै

0
Shares

प्रभु इन्स्योरेन्स (PRIN) ले आज २५ औं वार्षिक सधारण सभा सम्पन्न गर्दैछ । प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजे सभा बोलाइएको छ ।

सभाले गत आर्थिक वर्ष ०७६।७७ बाट सञ्चालक समिति बैठकले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको अन्त्यसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित र सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने विषय प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

सञ्चालक समितिका सदस्यहरुको बैठक भक्ता वृद्धि गर्ने विषय पनि सभामा छलफलका हुनेछ । त्यस्तै, सभाले चालु आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरीक्षक मदन निरौला एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने निर्णय प्रस्ताव सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २६ गते आइतबारदेखि सभा हुने दिनसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । जसअनुसार बैशाख २३ गते बिहीबारसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।