सन नेपाल लाइफको बोनसदर सार्वजनिक

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण बीमा समितिबाट बैशाख ३१ गते स्वीकृति भए अनुसार बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो । कम्पनीको सन लाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३० र अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक) बीमालेखमा सरिक भएका बीमितले बीमा अवधिका आधारमा प्रति हजार ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस प्राप्त गर्ने भएका छन् ।

त्यस्तै, नवीन आजीवन जीवन बीमा (सावधिक तथा आजीवन) बीमालेख अन्तर्गत पनि कम्पनीले बीमालेख अवधिका आधारमा प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ नै बोनस निर्धारण गरेको छ ।

सार्थक आजीवन बीमालेख (१५ वर्षे अग्रिम भुक्तानी तथा आजीवन) सबै बीमा अवधि(१५) मा कम्पनीले प्रति हजार ३८ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधि बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा बीम अवधि अनुसार बीमितले प्रति हजार न्यूनतम २२ देखि अधिकतम ३२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीले मुनाफामा सरिक हुने (बोनस प्रदान गर्ने) गरी जारी गरेको बीमालेखमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्मको लागि उल्लेखित बोनस दर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।