नेको इन्स्योरेन्सको लाभांश प्रस्ताव

0
Shares

नेको इन्स्योरेन्स कम्पनी (NIL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६।२०७७ को मुनाफाबाट कम्पनीको चुक्ता पूँजीको कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनी सचिव विष्णुप्रसाद धितालले जानकारी दिए ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले प्राप्त गर्न सक्नेछन् । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १७०७ रुपैयाँ रहेको छ ।

हाल नेकोको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित २० करोड ४२ लाख रुपैयाँको बोनस शेयर वितरणपछि एक अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

अघिल्लो आवबाट कम्पनीले शेयरधनीलाई ८.१६ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।