आइमएई लाइफको साधारण सभा आह्वान, आइपीओ निष्काशन प्रस्ताव पारित गर्ने

0
Shares

आएमएई लाइफ इन्स्योरेन्स (IMELIFE) ले जेठ ३१ गते सोमबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको जेठ ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले सभाको मिति तोकेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, लैनचौर काठमाडौँमा बिहान १० बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ ।

सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि ६० लाख रुपैयाँ बरारबरको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

सभामा दिपक पोखरेलको स्थानमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठलाई संचालक नियुक्त गरिएकोमा सो लाई अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ ।

सञ्चालक समितिको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्रको उद्देश्यमा सामुहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप गर्ने प्रस्ताव रहेको छ ।

सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, निमायक निकायबाट प्रबन्धपत्र र नियमावलीमा थप संशोधनको लागि निर्देशन भइ आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।