आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद जारी गर्न बीमा समितिको स्वीकृति

0
Shares

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ ।

समितिले कम्पनीले मागे अनुरुप चुक्ता पूँजीको ४० प्रतिशत (दश बराबर ४ कित्ता अनुपातमा) हकप्रद निष्काशनको स्वीकृति दिएको हो ।

समितीबाट हकप्रद निष्काशनको अनुमति पाएसँगै अब कम्पनीले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने मार्ग प्रशस्त भएको छ । बोर्डले आवश्यक अध्ययन अनुसन्धान गरी कम्पनीलाई हकप्रद जारी गर्ने अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएपछि कम्पनीले बुकक्लोज मिति तोकर बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीका लागि १० कित्ता शेयर हुने लगानीकर्ताहरुले ४ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

यो प्रकृया पूरा हुन कम्तिमा तीन महिना लाग्ने हुँदा अहिले नै हकप्रदको लोभमा उच्च मूल्यमा शेयर खरीद गर्नु भने जोखिम हुनसक्ने जानकारहरु बताउँछन् । कम्पनीको शेयरमुल्य हकप्रद आउने हल्ला गरी केही दिनयता बढाएर उच्च कारोबार समेत हुँदै आएको छ । जेठ ११ गते मंगलबार कम्पनीको धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य १ हजार ४१६ रुपैयाँ पुगेको छ ।

कम्पनीको गत बैशाख १२ गते सम्पन्न २३ औ वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको थियो ।

गत आवको नाफाबाट वितरण गरेको ७ प्रतिशत बोनस शेयरपछि कम्पनीको हाल १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । ४६ करोड ३० लाख रुपैयाँ हकप्रद जारप्पछि कम्पनीको पूँजी एक अर्ब ६२ करोड ५ लाख रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।