हिमालयन जनरल इन्स्योरेन्सको लाभांश मंगलबारसम्म कायम शेयरधनीले मात्र पाउने

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स (HGI) को ६.७५ प्रतिशत लाभांश मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र पाउने भएका छन् ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १३ गते बिहीबारदेखि २८ गतेसम्म शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।

यसअनुसार जेठ १२ गते बुधबारसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनुपर्नेमा बुधबार बुद्धजयान्ती तथा उभौली पर्वको सार्वजनिक विदा परेसँगै मंगलबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउने भएका हुन् ।

कुनैपनि कम्पनीको प्रस्तावित लाभांश सो कम्पनीको गर्ने शेयर दाखि खारेजी (बुकक्लोज) को अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनी मात्र पाउने गर्दछन् । यस आधारमा हिमालयजन जनरलको पनि बुकक्लोजको अधिल्लो कारोबार दिन जेठ ११ गते मंगलबारसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

इन्स्योरेन्सको जेठ २८ गते शुक्रबार केन्द्रीय कार्यालाय थापागाँउ, काठमाडौँमा बिहान ११ः०० बजे भर्चुअल माध्यमबाट २७ औं वार्षिक साधारण सभा सम्पन्न हुँदैछ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश पारित गर्नेछ ।

साधारण सभाले चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ बराबरको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रकृयाको लागि उपयुक्त कम्पनी पहिचान तथा छनौट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।