नेपाल लाइफ इन्स्योरेन्सको कोरोना विरुद्ध चेतनामूलक भिडियो सार्वजनिक

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC) ले कोरोना भाइरसले सृजना गरेको महामारीलाई मध्यनजर गर्दै चेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।

कम्पनीले ‘सचेत बनौँ’ कोरोना विरुद्धको यो लडाईँ घरमै बसेर लडौँ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमार्फत कम्पनीले कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न समेत आग्रह गरेको छ ।

सुनील कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एन्ड ब्रान्डिङ प्रमुख मेघेन्द्र प्रकाश गिरीको परिकल्पना तथा निर्देशनमा भिडियोले पुर्णता पाएको हो ।

उक्त भिडियोले हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरेको छ ।

पुष्कर महतोको स्वर, संगीत संयोजन रहेको गीतको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।