सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का प्रस्तावित

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पवन कुमार खड्काको नाम प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ १३ गते सम्पन्न बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी खड्कालाई प्रमुख खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले खड्कालाई ४ वर्षे कार्यकालको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले खड्काकोे नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको कम्पनी सचिव राजु राजचलले जानकारी दिए ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डको राजीनामा सञ्चालक समितिले स्वीकृतीसँगै खड्कालाई मंसिर १ देखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । खड्का सो भन्दाअघि कम्पनीमा नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।