शिखर इन्स्योरेन्सको २७.७६ प्रतिशत बोनस शेयर वितरण

0
Shares

शिखर इन्स्योरेन्स (SICL) ले आव २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरी साधारण सभाबाट पारित गरेको २७.७६ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

इन्स्योरेन्स कम्पनीले गत फागुन २५ गतेसम्म शेयर डिम्याट गराएर शेयर पाउन योग्य रहेका सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको हो ।

उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

कम्पनीले हालसम्म कागजी शेयर डिम्याट नगरेका शेयरधनीलाई बोनस शेयर हितग्राही खातामा नै पाउन आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्न आग्रह गरेको छ ।

कम्पनीले फागुन २५ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरेको छ ।

कम्पनीको गत चैत ९ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट २७.७६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

साधारण सभा र लाभा.श वितरण प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुधबार बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस शेयर पाउनेछन् ।

शिखर इन्स्योरेन्सले उक्त बोनस शेयर नेप्सेमा जेठ ११ गते मंगलबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।