एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले गत आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । एनएलजी इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०५६।७६ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँको १० प्रतिशतको दरले हुन आउने १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार रुपैयाँ नगद वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले एनएफआरएस अनुसार तयार भएको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीमलाई वितरण हुनेछ ।

एनएफआरएस अनुसार आव २०७६/७७ मा २५ करोड ९४ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले जगेडा तथा कोषहरुको व्ब्यवस्थापन पश्चात ११ करोड ९५ करोड ९४ लाख सञ्चित हुन आएकोमा १० करोड ९६ लाख रुपैयाँ बोनस बाँडन लागेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।