चितवनका चेपाङ समुदायलाई कामना सेवा विकास बैंकको खाद्यान्न सहयोग


कामना सेवा विकास बैंकले चितवन जिल्ला राप्ती नगरपालिका वडा न.१३ कान्दा बस्ती स्थित चेपाङ समुदायलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका चितवन जिल्ला स्थित शाखाका सम्पूणर् कर्मचारीहरुबाट रकम संकलन गरी मितेरी फाउन्डेसनसंगको सहकार्यमा कान्दा वस्तीका अति न्युन आय भएका १०० घर परिवारलाइ प्रति परिवार एक बोरा चामल, दुई किलो दाल, तीन किलो नुन, एक लिटर तेल, आधा केजी स्वायविन र चिउरा राहत स्वरुप वितरण गरिएको छ ।

बैंकको चितवन क्षेत्र प्रमुख सुरेन्द्र भन्डारी तथा अन्य कर्मचारीले उक्त राहत वितरण गरेका थिए ।

कान्दाका चेपाङ समुदायलाई वर्षभरी खान पुग्ने अन्न उब्जा हुँदैन र उनिहरुले कतिपय समय जंगलका गिठ्ठा भ्याकुर खाएर जीविकोपार्जन गर्ने गर्दछन् ।