एलआईसीको २० लाख कित्ता बोनस नेप्सेमा सूचीकृत

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (LICN) को २० लाख कित्ता बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष आव २०७५/७६ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २० लाख १० हजार कित्ता बोनस शेयरमंगलबार सूचीकृत गरेको हो ।

मंगलबार सूचीकृत भएसँगै कम्पनीको बोनस शेयर स्म्बन्धीत शेयरधनीले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

इन्स्योरेन्सको गत फागुन २५ गते सम्पन्न १८ औँ साधारण सभाबाट उक्त बोनस शेयर पारित भएको थियो ।

साधारण सभा तथा लाभांस प्रयोजनका लागि इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज मिति तोेकेको थियो । तसर्थ बुकक्लोज भन्दा अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र उक्त बोन शेयर प्राप्त गर्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।