खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा १०० रुपैंया बोनस, खल्ती लोड गर्न नपर्ने


खल्ती डिजिटल वालेटले खल्ती खाता बैंक लिंक गरेमा १०० रुपैंया बोनस रकम पाउने अफर ल्याएको छ। जोकोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यो सेवा मार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ अफर संचालनमा ल्याइएको हो ।

खल्ती बैंक डायरेक्ट सेवा मार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा १०० रुपैंया प्राप्त सक्नेछन् । बैंक लिंक घरमै बसी सुरक्षित तवरले आफैले गर्न सकिन्छ। यसका साथै उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी केहि सेकेण्ड भित्रै गर्न सकिने भएको छ । बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी झन्झटरहित तरिकाले गर्न यो सेवाको लाभ लिन सकिन्छ।

उक्त अफर को सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक, शिरिष श्रेष्ठले महामारीलाई मध्यनजर गरी यो सहज सेवा को प्रयोगको लागि प्रोत्साहित गर्न बोनस अफर ल्याएको बताए । “खल्ती सँग बैंक लिंक गरे पश्चा ग्राहकहरुले घरिघरि लोड गर्न पर्ने झन्झट बाट मुक्त हुनेछन् र भुक्तानी को साथै आफ्नो बैंकबाट तुरुन्तै अर्को बैंकमा केहि सेकेन्ड मै रकम ट्रान्सफर गर्न सक्नेछन्। यो हाम्रा प्रयोग गर्दै आएका ग्राहक हरुको सबै भन्दा मनपरेको भुक्तानी सहज गर्ने सेवा हो” उनले भनेका छन् ।

आफ्नो बैंक अकाउन्ट खल्ती सँग लिंक ३ सरल स्टेप्समा गर्न सकिन्छ। यसका लागि खल्ती को होम स्क्रिनमा देखाइएको “लिंक बैंक नाउ” मा गई आफ्नो बैंक सेलेक्ट गर्नपर्ने हुन्छ। त्यसपश्चात आवश्यक सबै विवरणहरु भरि “सब्मिट” बटनमा थिचेपछि रजिस्टर गरिएको मोबाइल मा ओटिपी पासवोर्ड पाइन्छ। उक्त पासवर्ड राखिसकेपछि आफ्नो खल्ती खातासँग बैंक लिंक सफलतापूर्वक गर्न सकिन्छ।

१७ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ। ुखल्तीु वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।