खल्तीले निःशुल्क एपिआई इन्टीग्रेट सेवा दिने


खल्ती डिजिटल वालेटले भुक्तानीका लागि व्यवसाय गर्नेहरुलाई निशुल्क एपिआई इन्टिग्रेसन गरिदिने भएको छ । असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने स्टार्ट अप व्यवसायीहरुलाई निःशुल्क एपिआई उपलब्ध गराइने खल्तीले जनाएको छ ।

महामारीको बिचमा साना, मझौला तथा ठुला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको खस्कदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

यस सेवा अन्तर्गत, खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ । व्यवसायीहरुले खल्तीको एपिआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा एक महिना सम्म कुनै शुल्क लाग्ने छैन । आफ्नो मरचेण्ट ड्यासवोर्डमा जम्मा भएको रकम व्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन् । खल्ती एसडीके÷एपिआई बाट मर्चेण्टहरुले सजिलै ई बैंककिङ्ग, मोबाइल बैंककिङ्ग, कनेक्ट आइपीस, एससिटी कार्ड र खल्तीका ग्राहकहरुबाट झन्झटरहित भुक्तानी प्राप्त गर्न सक्ने छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।