युनियन र सानिमा लाईफद्धारा १ अर्ब २४ करोडको आईपीओ जारी गर्न अनुमति माग

0
Shares

युनियन लाईफ इन्स्योरेन्स र सानिमा लाईफ इन्स्योरेन्सले सर्वसाधारणमा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नियामक निकायल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

आईपीओ निष्काशनको अनुमतिका लागि दुवै कम्पनीले जेठ ९ गते बोर्डमा आवेदन दिएका हुन् ।

सानिमा लाईफ इन्स्योरेन्सले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको हो । यसैगरी युनियन लाईफ इन्स्यारेन्सले सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको हो ।

सानिमा लाईफको आइपीओले केयर रेटिङ नेपालबाट ‘ट्रिपल बि माइनस रेटिङ’ पाएको छ । युनियन लाईफको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि रेटिङ’ दिएको छ ।

दुवै कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: १ असार २०७८, मंगलबार  १० : २० बजे