नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबारहरु तीन दिन पूर्ण रुपमा बन्द हुने

0
Shares

नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबारहरु तीन दिन पूर्ण रुपमा बन्द हुने भएको छ । बैंकको कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले तीन दिन सेवा अवरुद्ध हुने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै असार ४ गते शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म सेवा बन्द हुने जनाएको छ ।

यस अवधिमा बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ, एटीएम कार्ड, (क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवं सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुने उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।